दफा ४८४
घरसारमा भएको लिखतको अवधि

(१) यस परिच्छेद बमोजिम घरसारमा भएको लिखतको अवधि बढीमा दश वर्षको हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्षको अवधिभित्र ऋणीले साहूलाई साँवा वा ब्याजमध्ये केही रकम बुझाएमा वा साँवा ब्याज बुझाउनको लागि लिखतको अवधि थप गरेमा त्यसरी साँवा वा ब्याज बुझाएको वा अवधि थप गरेको मितिले अर्को दश वर्षको अवधि थप हुनेछ ।